अर्थ-वाणिज्य

माओवादीको लुम्विनीमा सबैभन्दा बलियो संगठन कून जिल्लामा छ ?



रुपन्देही २७ कार्तिक । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको संगठीत सदस्यता करिब ९० हजार पुगेको छ । जस मध्ये सबैभन्दा बलियो संगठन रोल्पामा देखा परेकोछ । रोल्पामा करिव १५ हजार संगठीत सदस्यता पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको छ ।

निर्धारित समयभित्र क्रियाशील करिब ९० हजार क्रियाशील सदस्य पुग्ने देखिएको उनले बताए । उनका अनुसार माओवादी केन्द्रको क्रियाशील सदस्यता लिनेहरुको संख्या बढेको छ ।विगतमा मोहन वैद्य ‘किरण’ले पार्टी फुटाएपछि माओवादी केन्द्रले गाविस सम्मेलन गर्दा गुल्मीमा तीन हजार ६०० जनाले क्रियाशील सदस्यता लिएकोमा हाल सो जिल्लामा ५ हजार ३५७ जनाले कम्प्युटर मै सदस्यता इन्ट्री गरेका छन् । 

क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएअनुसार रुपन्देहीमा ६ हजार ५३९ जनाले सदस्यता भरेका छन् । यस्तै, पाल्पामा ३ हजार ४६१ जना, नवलपरासी पश्चिममा ३ हजार २५१ जना, कपिलवस्तुमा ३ हजार ४२४ जना र अर्घाखाँचीमा २ हजार १५२ जनाले सदस्यता भरेका छन् ।त्यस्तै प्युठानमा ५ हजार ३२४, दाङ्गमा १३ हजार ९०५, बर्दियामा ११ हजार ७३६, रोल्पामा १४ हजार ८५९, रुकुम पश्चिममा ५ हजार ९५४ र बाँकेमा ८ हजार ९०२ जनाले सदस्यता भरेको बरालले बताए ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६