अर्थ-वाणिज्य

एकिकृत जनक्रान्ति पुरा गर्ने विप्लव नेतृत्वको उद्घोष



कपिलवस्तु २७ कार्तिक । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला अन्तरगत शिवराजमा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । शिवराज नगर कमिटी र विजयनगर गाउँ कमिटीको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक वक्ता पार्टीका केन्द्रीय सदस्य संजिवले एकीकृत जनक्रान्ती मार्फत नेपालमा क्रान्ति सम्भब देखेर प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको बताउनुभयो ।

उहाले हतियारको बलले बिचारलाइ नष्ट गर्न नसक्ने बताउनुभयो । राज्यलाइ ठग्ने एनसेललाई कार्वाही गरेको आफ्नो पार्टीको कदम अबैधानिक नभइ एनसेल नै अबैधानिक भएको उहाँले दाबी गर्नुभयो ।  नेपाली जनतालाई परनिर्भर बनाउने, सत्ता र कुर्सीका लागि देश नै बेच्न तयार हुने दलाल सत्ताका विरुद्ध आफ्नो पार्टीले निरन्तर संघर्ष गर्ने नेता संजिवले स्पष्ट पार्नुभयो  ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा कपिलवस्तु जिल्ला सचिव कमलले आफ्नो पार्टीको लोकप्रियता देखेर संसदवादीहरु अत्तालिएको बताउनुभयो । उहाले जनताको माझमा लोकप्रिय पार्टीलाई प्रतिबन्ध लगाएर दलालहरुले युद्ध चाहेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा कपिलवस्तु जिल्ला सल्लाहकार समिति संयोजक हिमाल र शिवराज नगर र विजयनगर गाउँपालिका अन्तर्गतका वडा, गाउँ इन्चार्ज र कर्याकर्ताहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए । 

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६