प्रदेश

माओवादी केन्द्रद्वारा भोली देशैभर टोल भेलाको आयोजना



काठमाडौं २७ कार्तिक । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीब्र पारेको छ। सोही अनुरुप भोलि आइतवार देशैभर टोल भेलाको आयोजना गर्ने भएको  छ।‘भोलि देशैभर टोल भेला हुन्छन्। मंसिर ४ गते वडा अधिवेशन गरी सबै वडामा नयाँ कमिटी आउँछन्,’ माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम प्रसाद ढकालले भने।यसैबीच सम्मेलनको तयारी स्वरुप माओवादी केन्द्रले शुक्रबार केन्द्रीय सदस्यको भर्चुअल बैठक राखी विधान संशोधन गरेको छ।

संशोधित विधान अनुरुप अब एक व्यक्ति एक पदको नीति लाई अगाडि बढाएको छ।अहिले पार्टीमा जिल्ला अध्यक्ष प्रदेश अध्यक्ष केन्द्रीय सदस्य पनि थिए। अब जिल्लामा नयाँ व्यक्ति आँउछन्। नयाँ नेतृत्व अगाडि बढाउन यस्तो नीति लिइएको एक केन्द्रीय सदस्यले बताए।वडासम्मेलन पछि पालिका सम्मेलन आयोजना गर्नेछ। माओवादी केन्द्रले पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ।

शुक्रबार बसेका भर्चुअल बैठकले स्थानीय कमिटीको पदाधिकारी संख्या पनि थपेको छ। जस अनुसार अब हरेक पालिकामा सात पदाधिकारी हुनेछन्। हरेक पालिकामा तीन उपाध्यक्षको व्यवस्था गरिएको छ। त्यस्तै वडामा तीन पदाधिकारी हुनेछन्।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६