बुटवल २७ कार्तिक । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ बाट महाधिवेशनमा प्रतिनिधीत्व गर्नेहरुको नाम टुंगो लागेको छ।
सुक्रवार बिहान मनोनयन गरेका उम्मेदवारहरुले सुक्रवार सांझनै सर्वसम्मत बनाउन भन्दै सहमती पत्रमा हस्ताक्षर गरेर नेतृत्वलाई बुझाएका थिए।
महाधिवेशन प्रतिनिधी हुनका लागि उम्मेदवारी दिने कार्यकर्ताकोे संख्या चारगुणा बढी भएपछि सर्वसम्मत बनाउनका लागि सुक्रवार सांझ नै सर्बसम्मत नेतृत्व चयन भएमा सहमत छु भन्ने सहमती पत्रमा हस्ताक्षर गराएर राखिएको थियो।
पार्टी नेतृत्वले पार्टी जिल्ला अध्यक्ष शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, नगर प्रमुखहरु बासुदेव घिमिरे र चित्र बहादुर कार्की, प्रचार बिभाग प्रमुख मोहन चापागाई, बावुराम भटराई, गोपाल राना र बल बहादुर आचार्यलाई प्रतिनिधीको रुपमा टुंगो लगाएको बताईएको छ ।
यद्यपी यि नामहरु पार्टीले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन्।
जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधी छनोट हुने क्षेत्र नं २ मा मात्रै ५२ जनाले मनोनयन दर्ता गराएका थिए।
त्यसैगरी महिला प्रतिनिधी तर्फ सहमती गराउने प्रयत्न भई रहेको बताईएको छ।
तर अन्तिम सम्म प्रयत्न गरौं भन्दै नेताहरुले बोलाएर सहमती पत्रमा हस्ताक्षर गर्न आग्रह गरेपछि उम्मेदवारहरुले सर्वसम्मत नेतृत्व चयन भएमा मन्जुर छौं भनेर लेखिएको सहमती पत्रमा हस्ताक्षर गरेका थिए।
उम्मेदवारहरुले सहमती जनाएर छोडेपछि यस अघि नै सर्बसम्मत प्रतिनिधी चयन हुने बताउदै आएको नेतृत्वलाई प्रतिनिधी छान्न सहज भएको थियो।
करिव १७ हजार सदस्य संख्या रहको रुपन्देहीमा ३३ जना प्रतिनिधि छनौेट हुने एमालेको बैधानीक ब्यवस्था छ।








प्रतिक्रिया