अर्थ-वाणिज्य

गाई चराउन जंगल जादा बाघको आक्रमणबाट एकको मृत्यु



बाँके२८ कात्तिक । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने बाघले गाईलाई पनि आक्रमण गरेको छ । बाघको आक्रमणबाट गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका ४ पण्डितपुर्वा निवासी लखन गडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ ।

२५ गते गाई चराउन जंगल गएका गडरिया नफर्केपछि स्थानीयले खोजतलास गरेका थिए । तर, उनी कतै नभेटिएपछि आफन्तले शनिबार इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा निबेदन दिएका थिए । प्रहरीले खोजी गर्दा गएराती जंगलमा गडरिया र एउटा गाई मृत भेटिएका थिए । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर पूर्वतिर जंगलमा गडरियाको शव फेला परेको हो । उनको पिँठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको पाइएको प्रहरीको भनाई छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६