पर्यटन

सामुहिक श्रममा बिप्लव समुहको सकृयता बढ्यो



तुलसीपुर ३०  कात्तिक । नेत्रविक्रम चन्द (विप्लब) नेतृत्व नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाङ निकट संगठनले जिल्लाको आठ विघा धान खेतीमा श्रम लगानी गरेको छ । नेकपा निकट उत्पादन बिभाग दाङ मार्फत जिल्लाका विभिन्न स्थानमा धान खेतीमा श्रम लगानी गदै आएको विभागका प्रमुख किरण डाँगीले जानकारी दिनुभयो ।

स्वरोजगार संगै किसान र जनतालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्लाको घोराही ९ स्थित ढिकपुर र तुलसीपुर १६ मानपुर डोक्रेना स्थित धानखेती गरेको उहाले जानकारी दिनुभयो ।अहिले आफुहरु धान काट्ने र धल्याउने कार्यमा व्यस्त भएको उहाले बताउनुभयो ।पाटी निकटका कार्यकर्ताहरुले समयको सदुपयोग गदै धानखेतीमा आफनो श्रम लगानी गरेको उहाले बताउनुभयो ।पाटी केन्द्रिय कमिटिको निति अनुरुप आफुहरुले पनि दाङमा अहिले पाटीको श्रम,जनशक्ति र लगानी धानखेतीमा गदै आएको उहाले जानकारी दिनुभयो ।

जिल्लामा ३० बिघा जमिनमा कृषि खेती गर्ने लक्ष्य आफुहरुको रहेको उहाले जानकारी दिनुभयो ।पाटीले सर्वहारा वर्ग र किसानहरुका मुद्धालाई अघि सारेर आन्दोलन गदै आएको बताउदै उहाले किसान बर्गहरुलाई सघाउ पुग्ने गरी पाटीको जनशक्ति कृषिमा परिचालन गरिएको बताउनुभयो ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६