अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सरकारले उद्योग क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छः मुख्यमन्त्री केसी ।



कपिलवस्तु, ३० कात्तिक ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकासका लागि उद्योग क्षेत्र नै पहिलो अधार भएको बताउँदै प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो । 

मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सम्वोनधनको क्रममा बताउनुभएको हो । मुख्यमन्त्री केसीले लुम्बिनीलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि परेको बताउनुभयो ।

उहाँले घरेलु तथा साना उद्योगको क्षेत्रबाटै बहुसख्यक मानिसहरुलाई रोजगारमुखी बनाउन सकिने बताउँदै त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको बताउँदै त्यसमा नै सबैको ध्यान केन्द्रीत गर्न आवश्यक रहेको छ ।

मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यावासीका लागि प्रदेश बैंक स्थापना गरिएको बताउँदै त्यसबाट सञ्चालनका सस्तो व्याजमा ऋण प्रदान गर्ने लागेको बताउनुभयो । घरेलु उद्योगबाट आम मानिसलाई समृद्धि गर्नका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६