कपिल्वस्तु ३० कर्तिक ।बिप्लबको गिर्ह जिल्ला कपिलबस्तुमा बन्द कर्ता १६ जना पक्राउ परेका छन ।इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको क्रममा कपिलवस्तुमा पक्राउ परेका हुन । बन्दका कारण लामो तथा छोटोदुरीका सवारी साधन चल्न सकेका छैनन् । विप्लवको बन्दका कारण विहानैदेखि नियमित गाडीहरु संचालनमा आउन सकेका छैनन् । यता बन्द गराउन हिडेका विप्लवका जिल्ला जिल्ला सेक्रेटरी कमल केसी सहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाँउबाट पक्राउ गरेको छ । प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार वाणगंगाका ४ नम्बर क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट १ जना र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिइएको हो । यता जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यलयबाट प्रहरीहरु चोकचोकमा परिचालित भएका छन् । जनताको शान्ती सुरक्षाका लागि प्रहरी मोटरसाइकल लगाएत गस्तीमा परिचालित भएका हुन् ।
३० कार्तिक २०७८, मंगलबार








प्रतिक्रिया