प्रदेश

सर्वोच्चका ५ न्यायाधीश आजदेखि नियमित काममा फर्किने तयारीमा ।



काठमाडौँ, ३० कार्तिक। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित सर्वोच्चका न्यायाधीशहरुमध्ये ५ जना नियमित मुद्दा सुनुवाइका लागि इजलासमा फर्किने भएका छन् । प्रधानन्यायाधीश जबरा विरुद्धको आन्दोलनबारे थप रणनीति बनाउन भनेर सोमबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग आयोजित छलफल बहिस्कार गरेका न्यायाधीशहरु आजदेखि नियमित इजलास फर्किने भएका हुन् । न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल नियमित मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने भएका हुन् ।

अहिले नै आफूहरु कुनै निष्कर्ष पुगिनसकेको तर अदालत बाहिर सेवाग्राहीको अवस्था हेर्दा साह्रै दुःख लाग्दो रहेकाले आफूहरु इजलासमा फर्किने मनस्थितिमा पुगेको उनीहरुले बताएका छन् । प्रधानन्यायाधीश जबराले कार्यपालिकासहित विभिन्न निकायमा नियुक्तिका लागि हिस्सा खोजेको, पेसी तोक्दा नियत राखेको, न्यायलयमा देखिएका विकृति तथा विसंगति हटाउन कुनै भूमिका नखेलेको भन्दै कात्तिक दोस्रो सातादेखि सर्वोच्चका न्यायाधीशहरुले ‘आन्दोलन’ सुरु गरेका थिए ।

सर्वोच्च अदालतमा कात्तिक दोस्रो सातादेखि नै नियमित सुनुवाइ हुन सकेको छैन । बीचमा प्रधानन्यायाधीश जबराले न्यायाधीशसँग वार्ता गरेपछि आन्दोलनरत न्यायाधीशहरु बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न तयार भएका थिए । तर, पछिल्लो समय आन्दोलनरत न्यायाधीशहरुले बन्दीका मुद्दा समेत हेर्न छाडेका छन् ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६