अर्थ-वाणिज्य

बन्दको कारण बुटवलमा देखियो प्रभाव यात्रुहरुले पाए सास्ती



 बुटवल ३० कार्तिक ।  विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बुटवलमा बिहानै देखि प्रभाव देखिएको छ। मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन्। 

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन्। बुटवलसहितका क्षेत्रमा सार्वजनिक सवारी, व्यापार व्यवसाय चलेका छैनन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको बन्दका कार्यक्रम गर्ने ४४ जना लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट पक्राउ परेका छन्। कपिलवस्तुबाट २४, दाङबाट १९ र बाँकेबाट १ जना गरी ४४ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एंव प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए।

विप्लव नेकपाका कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीसहित २४ जनालाई नियन्त्रणमा लिएको कपिलवस्तु प्रहरीले बताएको छ।

नेकपा जिल्ला इन्चार्ज पदम केसीका अनुसार बाणगंगाबाट कमल केसी, बाणगंगा नगर सेक्रेटरी शेरमान थारु, चन्द्रौटाबाट शिवराज नगर सेक्रेटरी विनोद लुइँटेल, गोरुसिंगेबाट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विज्ञान केसी सहित २४ जनालाई प्रहरीले पक्राउ गरेको नेकपा जिल्ला इन्चार्ज पदम केसीले जानकारी दिए।

बन्दका कारण लुम्बिनीका १२ वटै जिल्ला प्रभावित भएका छन्। राजमार्गमा केही निजी गाडी चलेपनि सार्वजनिक गाडी चलेका छैनन्।

बन्दको क्रममा विप्लवका कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन्। केही ठाउँबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको छ। बन्दको कारण देशैभर यातायातदेखि व्यापार व्यवसाय ठप्प भएको छ। सार्वजनिक यातायात नचल्दा यात्रुले सास्ती भोगिरहेको छ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६