प्रदेश

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको छड्के अनुगमन ।



काठमाडौं, ०१ मंसिर । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय पुगेर छड्के गरेका छन् । जनमानसमा यस कार्यालयबाट हुने विभिन्‍न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका लागि कार्यालमै पुगेका हुन्।

अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले यस कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए। त्यस्तै उनले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको समाधानका लागि मन्त्रालयल सधैँ तत्पर रहेको समेत उनले बताए। कार्यालयमा हुने गरेको टोकन सिष्टमको समस्या तुरुन्तै हल गर्न पनि उनले निर्देशन दिए।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६