अर्थ-वाणिज्य

मुख्यमन्त्री राजेन्द्र राईले प्राप्त गरे विश्वासको मत



मोरङ १ मंसिर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए ।

उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन् । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ ।
राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

गठबन्धन दलमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । प्रमुख विपक्षीमा एमाले र विपक्षीमा राप्रपा छन् । बुधबार प्रदेश सभामा कायम भएका ९२ मध्ये सभामुख बाहेक ७९ उपस्थित रहेका थिए । दिन्न भन्ने पक्षमा शून्य मत प्राप्त भएको छ ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६