अर्थ-वाणिज्य

आधिकारिक ट्रेड युनियन कार्यसमितिले इजलास अवरुद्ध नगर्न न्यायाधीशहरुलाई आग्रह



 काठमाडौं २ मंसिर । कर्मचारीको संगठन आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिले इजलास अवरुद्ध नगर्न न्यायाधीशहरुलाई आग्रह गरेको छ ।   कार्यसमितिका पदाधिकारीले बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र १९ न्यायाधीशको नेतृत्व गरिरहेका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै जनताको न्याय पाउने मौलिक हकलाई अवरुद्ध नगर्न अविलम्ब निकासका लागि अनुरोध गरेका छन् ।ध्यानाकर्षण पत्र सर्वोच्च अदालतमा काम गर्ने कर्मचारीको हस्ताक्षरसहित बुझाइएको छ । गत कात्तिक ७ गतेदेखि सर्वोच्च अदालतमा इजलास अवरुद्ध भएको र अझै कहिलेसम्म समस्याको समाधान हुने हो भन्ने कुरामा थप अन्यौलता बढ्दै गएकोले न्यायलयको जनआस्था थप खस्कन नदिन न्यायाधीशहरुको ध्यानाकर्षण गराइएको ट्रेड युनियन सर्वोच्च अदालत विभागीय कार्यसमितिका अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिनुभयो ।               पराजुलीसहित उपाध्यक्ष दलबहादुर बजिमय र सचिव हरि भट्टराईद्वारा जारी विज्ञप्तिमा देशभरका अदालतका सबै कर्मचारीको हस्ताक्षर आउनेक्रम जारी रहेकोले इजलाज सञ्चालनका लागि अन्य अदालतका हस्ताक्षरहरु एकमुष्ठ रुपमा पुनः बुझाइने उल्लेख छ । कर्मचारीहरुले इजलास सञ्चालनका लागि अविलम्ब समाधान ननिकालेमा आन्दोलनका थप कार्यक्रमहरु ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६