काठमाडौं २ मंसिर । सर्वोच्च अदालत परिसरभित्र प्रहरीबाट कानुन व्यवसायीमाथि बल प्रयोग भएको छ । सो बल प्रयोगको सर्वोच्च अदालतका १८ न्यायाधीशहरुले विरोध गरेका छन् । बिहीबार सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिएका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भए
बल प्रयोग नगर : आयोग
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एशोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका क्रममा आज (बिहीवार) प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका केही व्यक्ति घाइते भएका छन् ।
आजको प्रदर्शन अवलोकन गरेको मानव अधिकार आयोगले विना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएको आयोगले भनेको छ ।
यस्तै शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारसँग आग्रह पनि गरेको छ ।








प्रतिक्रिया