बुटवल ३ मंसिर । पछिल्लो एक वर्षमा खाने तेलको मूल्य अत्याधिक बढेको छ।गत बर्षको माघ महिनामा खुद्रा मुल्य प्रतिलिटर २ सय २० रुपियाँ रहेको खाने तेलको मुल्य बढेर अहिले ३४० पुगेको छ।यस अवधिमा सबैभन्दा बढी धारा तोरी तेलको मुल्य सबैभन्दा बढी आकासिएको छ।बजारमा पाईने ब्राण्डेड तेलहरु भन्दा बढी मुल्य स्थानीय तेलमिलहरमा पाईने तोरी तेलहरुको बढेको उपभोक्ताहरु बताउछन्।
अहिले स्थानीय तेल मिलहरुले तोरीको तेल ४ सय १० भन्दाबढी मुल्यमा बिक्रि गरी रहेका छन्। यस अघि ३ सय २० रुपैयामा बिक्रि भई रहेको थियो।सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल)को मुल्य पनि सोही अनुपातमै महंगीएको देखिन्छ।गत वर्ष माघ महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २६० र सनफ्लो तेलको मुल्य १५० बाट २६० रुपियाँ पुगेको छ ।यसैगरी बनस्पती घिउको मुल्य समेत दोब्बर भएको बेकरी उत्पादकहरु बताउछन्।बेकरी उत्पादनका लागि प्रयोग हुने बनस्पती (डाल्डा) घिउको मुल्य गत बर्षको माघ महिनामा प्रति १३ किलो १८ सय रुपैया रहेकोमा अहिले ३६ सय रुपैया रहेको बताउछन्।
बनस्पती घिउको मुल्य आकाशिएको मात्र होईन बजारमा अभाव समेत छ बेकरी उत्पादक समेत रहेका रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बावुराम बोहोराले भने।यसैगरी तेल संगै दैनिक उपभोग्यका अन्य साम्राग्रीहरुको समेत मुल्य अत्याधिक बढेको भएपनि उपभोक्ता अधिकारकर्मीहरु मौन छन्।भान्सामा अत्याधिक प्रयोग हुने मुसुरो, मास, मुगी, रहर दालको मूल्य पछिल्लो एक बर्षमा किलोमा ४५ रुपैयाँसम्म मूल्य बढेको छ।
लकडाउन अघि सम्म १४० रुपैया किलो रहेको रहर दाल अहिले १ सय ७० रुपैया रहेको छ भने मसुरोको दाल गत बर्ष भन्दा ५५ रुपैयाले बढेको छ । अहिले मसुरोको दाल १५० रुपैया रहेको छ।त्यसैगरी मासको दाल किलोको १ सय ६५ रुपैयाँ, मुगीको दाल किलोको २ सय ५ रुपैयाँमा बिक्री भइरहेको छ।केराउमा ६० रुपैयाँले मूल्यवृद्धि भएको छ भने चनामा प्रतिकिलो ४५ रुपैयाका दरले मुल्यबृद्धी भएको छ।
यसैगरी खाद्यान्न संगै निर्माण सामग्रीहरुको मुल्य पनि छोई नसक्नु भएको देखिन्छ। गएको जेठ असार सम्म ७० रुपैयामा पाईने फलामे छड अहिले १ सय रुपैया पुगेको छ।बजारमा सबैभन्दा मंहंगो रहेको पन्चकन्या डण्डीको मुल्य २० रुपैया बढेको छ भने सिजी, लक्ष्मी, अम्वे, लगायतका उद्योगका छडहरुमा समेत सोही अनुपातमा बढेको ब्यापारीहरु बताउछन्।
प्रतिक्रिया