अर्थ-वाणिज्य

जगदम्बा सिमेन्ट सहित ५ वटा सिमेन्ट उद्योग कारबाहीमा



दाङ ३मंसिर । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले लुम्बिनी प्रदेशको जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ।

सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्रीरवितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो । त्यस्तै युनाइटेड सिमेन्टको ५३ ग्रेडको सङ्कलित ओपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ रहेको र यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरी त्यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको छ ।

साथै जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० रहेको र यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको भन्दै विभागले सिमेन्ट बिक्री रोक्का गरी यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६