प्रदेश

रुपन्देही :मतगणना स्थलमा कुटाकुट हुँदा महाधिवेशन प्रतिनिधि उम्मेद्वार नै घाइते



रुपन्देही ८ मन्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरूका निर्वाचन क्षेत्रहरूकाे अधिवेशन चलिएकाे छ । साेही क्रममा धेरै स्थानहरूमा विवाद भएर मतदान प्रक्रिया नै अवरूद्ध भएका समाचारहरू सार्वजनिक भएका छन् । त्यसैगरि रुपन्देही क्षेत्र नं. २ को मतगणना स्थलमा कुटाकुट हुँदा एकजना महाधिवेशन प्रतिनिधि उम्मेद्वार नै घाइते भएका छन् ।

घटनापछि मतगणना स्थलमा तनावको अवस्था रहेको छ । सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा विवाद भएपछि मंगलबार साँझ कुटाकुट भएको हो ।

मतगणना स्थलमा भएको कुटाकुटमा नेता दीर्घ बहादुर केसी घाइते भएका छन् ।उनी पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । पौडेल पक्ष जित नजिक पुगेको अवस्थामा एकाएक विवाद र कुटाकुट भएको बताइएको छ । देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६