जीवनशैली

सांसद पन्थी केन्द्रिय सदस्य उम्मेदवार बन्ने अन्तिम तयारीमा




कपिलवस्तु ८ मंसिर । नेकपा एमालेका यूवा नेता एवम लुम्विनी प्रदेश सांसद बिष्णु पन्थीले यसपालीको १० औ राष्ट्रिय महाधिबेशनवाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नु भएकोछ । उहाले औपचारीक रुपमा उम्मेदवारी घोषणा नगरेपनि धेरै बर्ष पार्टीमा जिम्मेवारी विहीन भएरपनि निरन्तर सकृय भएकाले यसपाली जिम्मेवारीको खोजी गर्ने वताउनु भयो ।
म मेरो तर्फवाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने अन्तिम तयारीमा छु । औपचारीक घोषणा उपर्युक्त अवसरमा गर्नेछु उहाले प्रेसपाटीसंग कुराकानी गर्दै वताउनु भयो । एमालेका प्रभावशाली नेता एवम लुम्विनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको अनेरास्ववियूमा केन्द्रिय कोषाध्यक्षको रुपमा सफल नेतृत्व गरेका पन्थी ८ औ महाधिबेशनवाट केन्द्रिय लेखा आयोगको सदस्यमा निर्वाचित हुनु भएको थियो ।
नवौ महाधिबेशनमा झिनो मतान्तरले पराजीत पन्थी १० औ महाधिबेशन सम्म आइपुग्दा पार्टीको कमिटीगत रुपमा कुनैपनि जिम्मेवारी पाउनु भएको छैन । सांसद पन्थीले यसपाली सर्ब सहमत भए स्वभाविक रुपमा र मतदान भए फराकिलो अन्तरले निर्वाचित हुने दृढताका साथ लागि परेको वताउनु हुन्छ । उहा नवौ महाधिबेशनदेखि हाल सम्म पार्टीको जिम्मेवारी विहिन हुनु भएपनि कहिल्यै पनि गुनासो नगरेको दावि गर्नु हुन्छ ।
लुम्विनी प्रदेश सभा सदस्यमा कपिलवस्तुवाट निर्वाचित सांसद पन्थी शंकर पोखरेल नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने चर्चा भएपनि सार्थक हुन सकेन । त्यसपछि पटकपटक चर्चा भई रहयो मन्त्री बन्न पाउनु भएन । जतिबेला कपिलवस्तुवाट निर्वाचित दिर्घनारायण पाण्डे सहितले एमालेमा बिद्रोह गरेका थिए त्यतिबेला पन्थीलाई मन्त्री बन्न एमाले लुम्विनीको नेतृत्वले अफर गरेको थियो ।
पन्थीले यस्तो वेलामा जसलाई पददिएर सरकार जोगिन्छ उसैलाई मन्त्री बनाऔं म एमालेको पक्षमा अविचलित रहन्छु भनेर पाटी नेतृत्व समक्ष त्यागको भावना देखाएपछि एमालेका लुम्विनीका नेता र स्वम पोखरेल समेत पन्थी प्रति निकै सकारात्मक भएको वताइन्छ । सांसद पन्थीले लुम्विनी प्रदेशको कोटावाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६