प्रदेश

एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन अनिश्चित



काठमाडौं, १० मंसिर। नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै प्रभावित भएको हो ।

एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जनाए । अधिवेशनको अर्को मिति भने तय भइसकेको छैन ।

कांग्रेसको जिल्ला कार्यसमितिले निर्वाचन कार्यक्रम प्रदेश अधिवेशनपछि मात्रै गर्ने गरी निर्वाचन समितिलाई पत्र पठाएको निर्वाचन अधिकृत पोखरेलले विज्ञप्तिमार्फत् जनाएका छन् । उनले जिल्ला कार्यसमितिको राय केन्द्रीय निर्वाचन समितिलाई पठाइसकेको तर कुनै जवाफ नआएकाले तत्काल अधिवेशनका कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने कार्यतालिका थियो । शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान गर्ने तयारी निर्वाचन समितिको थियो । एमालेको १० औं महाधिवेशनका कारण चितवनका सबै होटलहरु भरिएका छन् भने यातायात व्यवस्था पनि अस्तव्यस्त बनेको छ ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६