प्रदेश

एमालेमा सहमति गर्ने विकल्प, रावललाई वरिष्ठ उपाध्यक्ष, पोखरेल फेरि महासचिव ।



चितवन, १२ मंसिर । नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् ।

चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

ओलीले केन्द्रीय समितिको नाम प्रस्ताव गर्न आइतबार विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए । उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् ।

उनीहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाएका छन्, जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनीसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

यो विकल्पअनुसार सहमति खोज्दा पोखरेललाई महासचिव बनाउन विधान संशोधन गर्नुपर्छ । स्रोत भन्छ, ‘अध्यक्षलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्‍यायाउने तयारी छ । उहाँलाई सम्झाउने जिम्मा सचिव पृथ्वीसुब्बा गुरुङलाई दिने भनिएको छ ।’

साथै पदाधिकारीमा अरु नेतारुको व्यवस्थापन पनि सहज छैन । एक नेताका अनुसार पदाधिकारीमा सहमति खोज्न अध्यक्ष ओली आफैं छलफलमा जुटेका छन् ।

उनले सचिवमा दाबी गरेका नेताद्वय गोकुल बास्कोटा र महेश बस्नेतसँग छलफल गरिसकेका छन् भने सुवास नेम्वाङ र भीम रावलसँग पनि छलफल गर्ने तयारीमा छन् । नेम्वाङ ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश दिएर बन्दसत्र स्थलतिर गइसकेका छन् भने रावल ओली बसेको होटल परिसरमा आएकै छैनन् ।

साभार

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६