प्रदेश

बुटवल उपमहानगरको भवनमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते ।



बुटवल, १२ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्कमा बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेका छन् ।

उपमहानगरको नयाँ भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत कर्मचारी भुसाललाई करेण्ट लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

यसैगरी सोही भवनमा लेबरको रुपमा कार्यरत सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बिर्दियाको राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरेको प्रहरी प्रमुख केसीले बताए । घाइते दुबैजना बुटवल–४ मा बस्दै आएका थिए ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६