प्रदेश

भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना पनि बाहिरबाटै प्याक गरेर लगिने ।




चितवन, १२ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।

आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र यो समाचार तयार पार्दासम्म बेलुकीको सवा ६ बज्दासम्म सञ्चालन हुन सकेको छ । एमाले स्रोतका अनुसार बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुने छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् ।उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६