प्रदेश

१० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै हुने ।



काठमाडौं, १४ मंसिर । दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमै बस्ने भएको छ। यस्तै नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण पनि चितवनमै हुने भएको छ। विजयी नेताहरुको शपथ ग्रहणपछि बैठक बस्ने भएको हो। हाल सम्पन्न निर्वाचनको मतगणना जारी रहेको एमालेले जनाएको छ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको छ। यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ भौगोलिक क्षेत्र खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ। अरू सबै पदमा सर्वसम्मत भएको थियो।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६