प्रदेश

सरकारले नेपाल बिधुत प्राधिकरण कृष्णनगर,चन्द्रौटामा भवन निर्माणमा स्वीकृति दिने ।



काठमाडौं, १४ मंसिर ।

सरकारले नेपाल बिधुत प्राधिकरण कृष्णनगर चन्द्रौटामा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण नेपालमा भित्रिन नदिन सजगता अपनाउन सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरूको सरुवा गरेको छ भने चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८, प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । बैठकले रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६