अर्थ-वाणिज्य

ओलीले आगामी ५ वर्षका लागि एमालेको बागडोर सम्हाल्ने



चितवन १५ मंसिर । एमालेको १० औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १,८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरेका छन् । उनीहरु दुवै जनालाई ३३ जनाले ‘नो भोट’ गरेका छन् । योसँगै ओलीले आगामी ५ वर्षका लागि एमालेको बागडोर सम्हाल्ने छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १,९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १,९२५, सुवास नेम्बाङले १,८६५, विष्णु पौडेलले १,८५६, युवराज ज्ञवालीले १,८४२ र रामबहादुर थापा ‘बादल’ ले १,७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२५ मत पाएका छन् । भुसाल ओलीको सूची बाहिरबाट उपाध्यक्षमा भिडेका थिए ।

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १,९७६ मत प्राप्त गरे । योगेश भट्टराईले १,९६४, छविलाल विश्वकर्मा र पद्मा अर्यालले १,८००, लेखराज भट्टले १,७०४, टोपबहादुर रायमाझीले १,७०० र रघुवीर महासेठले १,५१३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए । सचिवमा पराजित भीम आचार्यले १,३०० सय र टंक कार्कीले ५०० सय मत प्राप्त गरेका छन् । टंक कार्की ओलीको सूची बाहिरका उम्मेद्वार हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६