अर्थ-वाणिज्य

महाधिवेशन समापन गर्दै पार्टी एकता नभएर कार्यकर्ता प्रवेश गराउने अभियान थाल्ने स्पष्ट :अध्यक्ष केपी ओली



चितवन् १५ मंसिर । एमाले अध्यक्ष केपी ओलीले तीन महिना एकीकरणको अभियान सञ्चालन गर्ने बताएका छन् । चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षमा दोस्रोपटक निर्वाचित ओलीले  मंगलबार महाधिवेशन समापन गर्दै पार्टी एकता नभएर कार्यकर्ता प्रवेश गराउने अभियान थाल्ने स्पष्ट पारे । 

ओलीले भने ‘हामी तीन महिनासम्म अब एकीकरणको अभियान सञ्चालन गर्नेछौँ । कार्यकर्ताा एकीकरणको अभियान, कार्यकर्ता प्रवेशको अभियान गरिनेछ । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउनुपर्छ । एउटा अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाउनुपर्छ ।’

ओलीले अहंकारी व्यक्ति नेता बन्न नसक्ने पनि बताए । ओलीले भने ‘अहंकार र नेता मिल्ने कुरा होइनन् । नेतामा अहंकार हुँदैन, अहंकारी नेता बन्न सक्दैन ।’

विनम्रताका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा ओलीले जोड दिए । विभिन्न अभियान सञ्चालन गरेर एमाले जनतामा जाने ओलीले बताए । 

स्थायी कमिटी, पोलिटब्युरो बैठक गठन र कार्ययोजना छिट्टै तय गर्ने उनले बताए । २५ र २६ मंसिरमा केन्द्रीय कमिटीको बैठक बस्ने पनिओलीले बताए ।

पार्टीमा अनुशासन उल्लंघन हुन लागेको अवस्थामा सचेत गराउन दृढताका साथ अघि बढ्न ओलीले अनुशासन आयोगलाई आग्रह गरे । जोसुकै भए पनि अनुशासन उल्लंघन मान्य नहुने ओलीले बताए।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६