अर्थ-वाणिज्य

ढुक्क भएर नेपालमा लगानी गर्नुस्, सरकारले ग्यारेन्टीु दिन्छः प्रधानमन्त्री देउवा



काठमाण्डौ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजन को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताउनुभयो । प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन, देशमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र निजी क्षेत्रले गरेको कमी कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ, त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन, निजी क्षेत्र र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ । यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ । अर्थतन्त्रमा कोभिड १९ को एकदमै प्रभाव परेको छ। विगत दुई वर्षमा देशको अर्थतन्त्रमा निकै ठूलो समस्या पर्‍यो । आर्थिक वृद्धिदर पनि कम भयो । यो सबै कोभिडकै कारणले हो भन्ने कुरा स्पष्ट भइसकेको छ । तर आउने दिन सधैँ अफ्ठ्यारो हुँदैनन् होला । कोभिड १९ को महामारी सकिए, नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौँ । अब आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन सरकार प्रतिबद्ध छ । देशमा लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन, सरकार कुनै कसर बाँकी राख्दैन । यसका लागि देशमा वृहत् रूपमा दोस्रो चरणको आर्थिक सुधार गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ । तेस्रो चरणको सुधार किन आवश्यक छ र कुन क्षेत्रमा सेजनले आफ्ना प्रयास अघि बढाउनेछ भन्ने विश्वास लिएको छु । छोटो समयमा देशको मुहार फेर्ने गरी विकास गर्नुपर्छ, सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन । बरू आवश्यक नियमन र सहजीकरणको पक्षमा छ । त्यसैले देश तथा विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु । नेपालमा तपाईँहरूको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री देउवाले छोटो समयमा देशको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताउनुभयो ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६