प्रदेश

बाणगंगा नगरले आफ्नै पहिचान सहितको लोगो बनाउने ।




हरि घिमिरे, १५ मंसिर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको पहिचान सहितको आफ्नै लोगो बनाउने भएको छ । बुधवार बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो । नगरपालिकाको आफनै भवन चार नम्बर जितपुरमा भएको बैठकले बिभिन्न निर्णय समेत गरेको छ । बैठकले नगरपालिकाको आफनै लोगो बनाउनका लागी सुचना निकाल्ने भएको छ ।

नगरको आर्थिक ,सामाजिक, धार्मिक, पर्यटन तथा पुर्वाधारका क्षेत्रलाई समेटेर लोगो बनाइने छ । जसका लागी सुचना निकालिने र इच्छुकले बनाउन पाउने साथै त्यसैबाट उत्कृष्ट लोगोलाई नगरको लोगो मानिने नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले बताए ।

साथै बैठकले नगरमा भई रहेका बिकासका गतिविधीको समिक्षा समेत गरेको छ भने जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको श्री मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको सहयोगार्थ सञ्चालन भएको महायज्ञमा भोली आउने राष्ट्रपति बिद्यादेवि भण्डारीको कार्यक्रमलाई सफल पार्ने निर्णय भएको छ ।

साथै सम्पुर्ण नगरबासीलाई सो कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल लगायतले आआफनो धारणा राखेका थिए ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६