प्रदेश

कांग्रेस कपिलवस्तुमा देउवा पक्षको अनुमानले फेल खायो, जिल्ला भरि पौडेल पक्षको वर्चश्व ।




हरि घिमिरे, १५ मंसिर,कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला अधिवेशन सकिए संगै मत परिणाम आईसकेको छ । शनिबार उम्मेद्वारको मनोनयन दर्ता गरी आइतबार निर्वाचन गर्ने कार्यतालिका बमोजिम ५२ सदस्यीय कार्य समितिको लागि मतदान भएको थियो । अन्य सदस्यहरुको परिणाम सोमवार सार्वजनिक भएतापनि कार्यसमितिको मंगलवार विहान मात्रै नतिजा आएको छ । पार्टीको निर्वाचन आयोगका अनुसार जिल्लामा रहेका १ हजार ८ सय २० मतदाता मध्य १ हजार ७ सय ६५ मत खसेको थियो । ५५ मतदाता भोट दिनका लागि नआएको निर्वाचन आयोगले जनाएको छ । केन्द्रिय गुट अनुसार नै कपिलवस्तुमा पनि देउवा र पौडेल पक्षको कडा प्रतिस्पर्धा का साथ निर्वाचन सम्पन्न भएको छ । पार्टी गुटका आ–आफ्ना अंकगणित भए पनि पौडेल पक्षको अंकगणित ले मेल खाएको छ । यसरि जिल्ला सभापतिमा रामचन्द्र पौडेल पक्षका कलाम अब्दुल कलाम विजयी भएका छन् । पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्दै उनि विजयी भएका हुन । कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९२८ र पराजित भएका राजेश आचार्यले ८१९ मत ल्याएका हुन । यस्तै पौडेल पक्षका खाँको प्यानलका दुई उपसभापतिपदमा रजतराज आचार्य हुमकान्त खनाल तथा दुई सचिवमा युवा नेता शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी भएका छन् । जिल्ला समितिको पदाधिकारीसहितका पदमा रामचन्द्र प्यानल हावी भएको छ ।

यस्तो थियो पार्टीको पुर्व अंकगणित ।

नेपालि कांग्रेस कपिलवस्तुको भरखरै सम्पन्न क्षेत्रीय चुनाबको नतिजा हेर्दा जिल्लामा रहेका तीन निर्वाचन क्षेत्र मध्ये दुई वटामा देउवा प्यानल बिजयी भएको छ । यसरी हेर्दा देउवा बलियो भएपनि मत अनुसार हेर्दा भने पौडेल पक्ष बलियो थियो ।
जिल्लाको क्षेत्र न. १ देउवा निकट नेता अब्दुल मन्नन खा खाँले २ सय ९९ मत प्राप्त गरी विजयी भएका थिए । क्षेत्र न २ मा बिरेन्द्र मिश्राले २२० मत ल्याइ पराजित भएका थिए भने क्षेत्र न. ३ मा ब्रमानन्द उपाध्यायले २६४ मत ल्याइ बिजयी भएका थिए यसरी हेर्दा जिल्लामा देउवा पक्षको कुल मत ७८३ मत रहेको थियो ।

अब लागौ पौडेल पक्ष तर्फ क्षेत्र न. १ मा पौडेल पक्षका उम्मेदवार टेक बहादुर शाहीले २ सय ७९ मतमा ल्याएका थिए । क्षेत्र न. २ मा केशव श्रेष्ठले ४०२ र क्षेत्र न. ३ मा हरि पोख्रेलले २४१ मत ल्याएका थिए । पौडेल पक्षको जिल्लामा कुल मत ९२२ हुन आउँछ । अंकगणित गर्दा पौडेल पक्षका अब्दुल कलामको जित हुने सम्भावना रहेको थिायो । तर जिल्लाका अधिकाश नेता भने राजेश आचार्य तर्फ थिए । सभापतिका उम्मेद्वार आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्याय, अतहर कमाल मुसलमान, सहीत सुधाकर पाण्डेयको साथ हुदाँ कलाम लाई जित्न सकस छ भनिएको थियो ।

यद्यपि जिल्लाका वरिष्ठ मानिने नेताहरु एकतिर हुदाँपनी पौडेल पक्षका अब्दुल कलाम खाँले बाजि मार्नुले कपिलवस्तुमा रामचन्द्र पौडेल पक्ष वलियो देखिएको हो । यसले पार्टीको केन्द्रीय अधिवेशनमा पनि यस्तै मोडलिन सक्ने आकंलन नेताहरुले गरेका छन् । सभापतिका विजेता अब्दुल कलाम खाँलाई बर्तमान पार्टी सभापति सुरेन्द्रराज आचार्य, बैकल्पिक केन्द्रिय सदस्य राजेश सिंहको लगाएत नेताहरुको साथ थियो ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६