प्रदेश

चुरेको विनाश गरेर विकास नगरौंः राष्ट्रपति भण्डारी



हरि घिमिरे, १६ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको विनाश गरेर विकास गर्न नहुने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रमद्धारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै पछिल्लो क्रममा चुरे पर्वतको विनाश भईरहेको प्रति चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्दै विकासलाई जोड दिनुपर्ने बताउनुभयो ।

हेलिकप्टर मार्फत आएकी राष्ट्रपति भण्डारीले १ सय २७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्धार, अष्ट चिरञ्जिवी मुर्ती र विश्रामलयको अनावरण तथा दुर्गा मन्दिरको पुजा अर्चना पनि गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।

यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका केही मुलुकमा फैलिरहेको र सोही कारण आफु चिन्तित भएको बताउभयो ।

यसको संक्रमणबाट बच्न राष्ट्रपति भण्डारीले सरकारले अवलम्बन गर्न भनेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले यस अवसरमा कपिलवस्तुवासीसंग भेटघाट गर्ने मैका पाएको भन्दै खुशी व्यक्त समेत गर्नुभयो । शिक्षाको सुरुवात नै गुरुकुलबाट भएको बताउँदै राष्ट्रपति भण्डारीले यस कैलास आश्रमलाई संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्न सुझाव दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बच्न र बचाउन आग्रह गर्दै राज्यले तोकेका स्वाथ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।
कैलाश आश्रमको अवलोकन तथा दर्शनको क्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुक तथा बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो ।राष्ट्रपति आउने भए पछि हिजो देखिनै सुरक्षा व्यबस्था कडा पारिएको थियो ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी लगायतको उपस्थिति रहेको थियो । महायज्ञ मंसिर २२ गतेसम्म चल्ने महायज्ञ मुल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले बताउनुभयो ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६