अर्थ-वाणिज्य

माओवादीमा फेरिपनि अध्यक्ष प्रचण्ड नै हुने निश्चित को बन्दैछ महासचिव ?



काठमाडौं १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ । यसका लागि माओवादी केन्द्रले देशभरका वडा र पालिकामा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ ।

बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले वडा र पालिका सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको हो । तर, केही पालिकामा सम्मेलन स्थगित भएकामा त्यो पनि एक दुई दिनभित्रमै सम्पन्न हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलनको आयोजना गर्दैछ । मंसिर २५ गते हुने सम्मेलनको अध्यक्ष प्रचण्डले भर्चुअल मार्फत उद्घाटन गर्ने कार्यक्रम छ ।यस्तै महराले पार्टी सदस्यता संख्या ७ लाख ६ हजार ५ सय पुगेको बताए । कतिपय सदस्यको इन्ट्री हुन बाँकी रहेकाले सदस्यता संख्या ८ लाख पुग्ने महाराले दाबी गरे । यस्तै पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौको प्रज्ञा भवनमा गर्ने भएको छ ।

पार्टीको बिधान परिमार्जनका लािग उपसमिति गठन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।उपसमितिमा देव गुरुङ, पम्फा भुषाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उपसमितिलाई मंसिर २५ गतेभित्र मस्यौदा तयार गर्ने जिम्मा दिइएको माओवादी प्रवक्ता महराले जानकारी दिए ।

त्यस्तै बैठकले प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि सहभागि हुने गरी कार्यविधि तय गरेको छ । भने महाधिवेशनमा सहभागि प्रतिनिधिका लागि दुई हजार शुल्क तोक्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता महराले जानकारी दिए ।बैठकले हितमान शाक्यको संयोजकत्वयमा सम्मेलन व्यवस्थापन उपसमिति, प्रवक्ता महराको संयोजकत्वमा प्रचार प्रसार उपसमितिसमेत बैठकले गठन गर्दै स्वाथ्य र स्वयंसेवक उपसमिति पनि बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले लेखा समितिको प्रतिवेदन सार्वजनिक गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता महराले बताए । बैठकमा हेरक प्रदेशका कमिटीमा घाइते अपांगलाई समेटनुपर्ने विषयमा समेत छलफल भएको प्रवक्ता महराले बताए ।

अबको महासचिव को ?
माओवादी केन्द्रले पार्टीका केन्द्रीय पदाधिकारी टुंगो लगाउन देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । पाँच सदस्यीय समितिले पार्टी केन्द्रको पदाधिकारी कति सदस्यीय हुने भन्ने विषयमा खाका प्रस्तुत गर्नेछ ।माओवादीको आगामी राष्ट्रिय सम्मेलनबाट पनि माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दाहोरिने सम्भावना छ । महासचिव पदका लागि भने धेरै नेताहरु आकांक्षी रहेका छन् ।

जसमा वर्षमान पुन, कृष्ण बहादुर महरा, पम्फा भुसाल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, देव गुरुङ, गिरिराजमणि पोखरेल, लगायत नेताहरु आकांक्षी रहेको बुझिन्छ ।माओवादी केन्द्रको प्रदेश र पालिकामा अध्यक्षसहित सात सदस्यीय पदाधिकारी बनाउने विधानमा व्यवस्था छ । जसमा अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, एक जना सहसचिव र एक जना कोषाध्यक्ष हुनेछन् ।

माओवादी केन्द्रले प्रदेश कमिटीमा सात सदस्यीय पदाधिकारीसहित बढीमा १ सय ७५ जना सदस्य हुनेछन् । पालिकामा सात पदाधिकारीसहित महानगरमा ९९ सदस्य, उपमहानगरमा ८१ सदस्य, नगरपालिकामा ६५ सदस्य र गाउँपालिकामा ५५ सदस्य छन् ।

त्यस्तै वडामा अध्यक्षसहित पाँच सदस्यीय समिति हुने व्यवस्था गरेको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष मात्रै छन् । वडामा बढीमा १९ सदस्यीय समिति हुनेछन् । टोल समितिमा अध्यक्ष र सचिव पदाधिकारीसहित १५ सदस्य छन् । सेल समितिमा सचिव मात्रै पदाधिकारी व्यवस्था गरेको छ । 

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६