अर्थ-वाणिज्य

उद्देश्य समृद्धी र लक्ष्य समाजबादका साथ पाटीलाई नयाँ ढङगबाट अघि बढाउने:विजय पौडेल



तुलसीपुर, १७ मंसीर । नेकपा एकीकृत समाजबादीका केन्द्रिय उपमहासचिव डाक्टर विजय पौडेलले नयाँ क्रान्तीका साथ आफुहरु अघि बढ्ने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपमहासचिव पौडेलले उद्देश्य समृद्धी र लक्ष्य समाजबादका साथ पाटीलाई नयाँ ढङगबाट अघि बढाउने बताउनुभयो ।
जसले गर्दा गर्दा राष्ट्र र जनताको हितको पक्षमा हुने उहाले बताउनुभयो । समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाले पाटीलाई सुढृद र थप शसक्त बनाएर जनताको बिचमा जाने बताउनुभयो ।सो अवसरमा पाटीका केन्द्रिय सचिव भागवत विश्वासी, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष तथा संघिय सांसद मेटमणि चौधरी, केन्द्रिय सदस्य तथा संघिय सांसद हिराचन्द्र केसी, सविधान सभा सदस्य अनारकली मिया,दाङका ईन्चार्ज जोग बहादुर राना लगाएतले पाटीलाई बलियो बनाउन नेताकार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
जिल्ला उपाध्यक्ष चुर्ण बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मिना गुरुङले गर्नुभएको थियो । सो अवसरमा कांग्रेस, एमाले र माओवादी केन्द्र पाटी परित्याग गरी एक सय ५० जना समाजवादीमा प्रवेश गरेको समाजवादी पाटीले जानकारी दिनुभयो ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६