प्रदेश

दाङमा हत्या अभियोगमा पक्राउ चार जनालाई जन्मकैद, पाँच जनालाई १२ वर्ष जेल ।




दाङ, १८ मंसिर । दाङ देउखुरी जिल्ला अदालतले दुई वर्ष अघि दाङको तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी बिक्की सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले विवेकसिंह ठकुरी, सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीहरुमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरि वलीको हत्या गरेको अभियोग लागेको थियो । त्यही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।

बिक्कीले यस अघि पनि गोली प्रहार गरि एक व्यक्तिको हत्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरि हत्या गरे पनि त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६