अर्थ-वाणिज्य

संविधान संशोधन प्रस्ताव सरकारले पेश गर्छ :डा. भटराई



काठमाडौं, १८ मंसिर । सत्तारुढ दल जनता समाजपादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्ने एजेण्डामा लागिपरेको दाबी गरे । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे।

भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने विषय संसदमा पनि उठाइरहेको र मन्त्रिपरिषदमा पनि प्रस्ताव पेस गर्न लागेको उनले जानकारी दिए । उनले भने, ‘फेरि पनि संघर्ष नगरी यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबै थोक होस् भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । सरकारमा पनि भएको वेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौं । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसकारण हामी एकढिक्का भएर अघि बढौं ।’ भट्टराईले फेरि पनि संघर्ष नगरी न्याय र अधिकार प्राप्त गर्न नसकिने समेत बताए ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६