प्रदेश

गठबन्धन भएन भने के हुन्छ ? भन्ने प्रश्नको उत्तर माधवले दिन सकेनन्




अर्घाखाँची, १८ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन्।अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र निर्वाचनबाट एमालेलाई पत्तासाफ पार्ने उनले दाबी गरे।शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भन्दै गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुट्ने, बरू अझै सशक्त भएर अगाडि बढ्ने बताए।

नजिक आइरहेको राष्ट्रिय सभा चुनावसँगै अरू आउने स्थानीय, प्रदेश र संघीय चुनावमा पनि पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं,’ नेपालले भने।नेता नेपालले अर्घाखाँचीमा रिक्त रहेको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने वा अर्को वर्ष एकैपटक निर्वाचन गर्नेबारे छलफल भइरहेको भन्दै जहिले निर्वाचन भए पनि एमाले पूरै पत्तासाफ हुने दाबी गरे।उनले अर्घाखाँचीमा पनि गठबन्धनलाई बलियो बनाउने गरी लाग्न पार्टीका नेतारकार्यकर्तालाई आग्रह गरे।पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै आफू पनि अपमान सहन नसकी विद्रोह गरेर निस्किएको बताए।उनले एमालेमा रहेका नेतारकार्यकर्ताले विद्रोह गर्नुको विकल्प नरहेको बताए।

समाजवादीकै कार्यकर्ताले कांग्रेस एक्लै वहुमत आउछ भन्ने सोचमा छ । प्रचण्ड माओवादी शक्तिको एकता भन्दै छन् यास्तो अवस्थामा अवको आम चुनावमा गठबन्धन बनेर चुनावमा जाने स्थिती नभएमा के हुन्छ भन्ने कार्यकर्ताको प्रश्नकोउत्तर भने माधवले दिएनन ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६