जीवनशैली

दुर्घटनामा मृत्यू हुनेले क्षतिपूर्ति पाउनै कठिन



अर्घाखाँची १९ मंसिर । बिजुलीको लाइन तान्ने क्रममा झिमरुक नदीले बगाएर सन्धिखर्क–७ का २४ वर्षीय सन्दीप नेपालीको गत शुक्रबार निधन भयो । प्यूठानसँग जोडिएको जलुके लामातालमा विद्युतको तार तान्ने क्रममा मृत्यु भएका उनको शव बिहीबार मात्रै परिवारले बुझे । उनी मुख्य मिस्त्री थिए । थ्रीफेस तार तान्ने क्रममा उनलाई नदीले बगाएको थियो । निर्माण व्यवसायीले मजदुरको मृत्यु विमाङ्कन बापतको रकम दिन नमान्दा परिवारले शव उठाएको थिएन ।
निर्माण व्यवसायीले मेसिन, कामदारको बिमा गरेका हुन्छन्  । काम गर्दा मेसिन, औजार टुटफुट भए, चोरी भए, जले, आक्रमणमा परेमा बिमा कम्पनीबाट रकम पाउँछन । मजदुर घाइते र मृत्यु भएमा क्षतिपूर्ति पाउने व्यवस्था छ । छ दिनसम्म प्रहरी कार्यालयमा छलफल गर्दा ठेकेदारले ३ लाख २५ हजार रुपैयाँ रकम दिने आश्वास दिएको पूर्णबहादुरले बताउनुभएको छ । किरिया खर्च ६० हजार दिएको र अरू बाँकी रकम पुस २ गते दिने गरी कागज गरिएको उहाले बताउनुभयो । बिमाबापत ५ लाख ३० हजार रुपैयाँ पाउनुपर्ने भए पनि ठेकेदारले दिन नमिल्ने बताएको उहाले बताउनुभएको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६