अर्थ-वाणिज्य

शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अघि बढयो



कपिलबस्तु १९ मंसिर । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अघि बढाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि गठित पहिलो स्टेरिङ समितिको बैठक तिलौराकोटमा सम्पन्न भएको छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपाल सरकारको प्राथमिकतामा परेको क्षेत्र अन्तर्गत आवश्यक कार्यलाई अगाडि बढाउने उद्देश्यले सो बैठक बसिएको हो । सो बैठकमा संम्भाव्य विश्व सम्पदा सुचिमा हाल सूचीकृत रुपमा रहेको नाम यथास्थितिमै वा पुनरावलोकन गर्ने र विधागत विज्ञबाट अध्ययन अनुसन्धानसहितको कार्यपत्र तयार गरी राष्ट्रिय आयोजना गर्ने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

युनेस्को जेफिट प्रोजेक्ट अन्तर्गत भएको कपिलबस्तुको ऐतिहासिक महत्वको दस्ताबेज, पुरातात्विक अध्ययन अनुसन्धानको दस्ताबेजको विवरणहरु सम्बन्धित टिमलिडरबाट माग गर्ने र विश्व सम्पदामा मनोनयनका लागि दस्ताबेज तयार गर्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय विज्ञ राख्ने निर्णय भएको महानिर्देशक गौतमले बताउनुभयो ।

विभिन्न खोज अनुसन्धानबाट कपिलबस्तु यही नै हो भनेर प्रमाण समेत जुटेकाले विश्व सम्पदा सूचीको सेसनमा अगाडि लैजाने निर्णय गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताउनुभयो । 

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६