प्रदेश

सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रैः प्रधानमन्त्री देउवा



काठमाण्डौ, २० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताउनु भएको हो । आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आउँदो फागुन २० गते सकिँदैछ ।

२० सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ पदका लागि चुनाव हुनेछ । यस्तै, नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एक पटक फेरि आफूले सभापति भएर काम गर्न चाहेको बताउनु भएको छ । यसका लागि सहयोग गरिदिन उहाँको आग्रह छ ।

यस्तै, कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेकाले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उहाँको भनाइ छ । उहाँले शक्ति प्रदर्शन गरेर नागरिकलाई दुःख दिने पक्षमा नरहेको बताउनु भएको हो ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६