प्रदेश

प्रदेश अधिवेशनमा मतदान नगरेकोप्रति शेखर कोइरालाले मागे क्षमा



काठमाण्डौं, २० मंसिर । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रदेश १ को अधिवेशनमा मतदान नगरेकोप्रति क्षमा मागेका छन् । शनिबार भएको प्रदेश अधिवेशनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन् । उनीहरू मतदान स्थलमै पुगेको भए पनि मतदान नगरेको पाइएको हो ।

उनीहरुले मतदान नगरेपछि गुरुराज घिमिरे २ मतले प्रदेश सभापतिमा पराजित भएपछि कोइरालाले क्षमा मागेका हुन् ।

‘काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६