जीवनशैली

आज मंगलबार देशका विभिन्न भागमा बर्षा र हिमपातको सम्भावना



काठमाडौं, २१ मंसिर । केहि दिनयता देशभर चिसो झन बढेर गएको छ । आज (मंगलबार) देशका विभिन्न भागमा बर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज प्रदेश-१ र वागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश-१ र वागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने शाक्यले जानकारी दिइन् ।

काठमाडौंको आज बिहान साढे ६ बजेको तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तराईका केही भाग र पहाडी भू-भागका थोरै स्थानमा कुहिरो र तुवाँलो लागेको यद्यपि विस्तारै हट्दै शाक्य बताउँछिन् ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६