प्रदेश

पत्रकार महासंघकी उपाध्यक्ष अधिकारीद्धारा पद त्याग, काँग्रेसको सक्रिय राजनीतिमा लाग्ने घोषणा



काठमाडौँ, २१ मंसिर। नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले पद त्याग गरेको घोषणा गर्नु भएको छ । महासंघको पदाधिकारीमा रहेर पार्टी राजनीतिमा सक्रिय हुन नमिल्ने भएकाले उपाध्यक्ष पद त्याग गर्न लागेको अधिकारीले उल्लेख गर्नु भएको छ ।

उहाँले आफू अव महासंघको नेतृत्वमा नबस्ने र काँग्रेसको राजनीतिमा लाग्ने घोषणा गर्नु भएको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गृहजिल्ला ओखलढुंगाबाट उहाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित भएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको विधान, आचारसंहिताको पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाइ हेक्का छ, नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर महासंघको नेतृत्वमा पु¥याउनुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’

उहाँले आगामी योजनाका बारेमा उल्लेख गर्दै थप लेख्नु भएको, ‘म महासंघको नेतृत्वमा नरहे पनि तपाइँहरूको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइँहरूको माझ सुख–दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर ।’ उहाँले अव पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेगरी महासंघको जिम्मेवारी त्यागेको र पात्रकारिता छाडेको बताउनुभयो ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६