अर्थ-वाणिज्य

कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरूको विचार समूहबाट साझा उम्मेदवार घोषणा हुने बताए



काठमाडौं २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूको विचार समूहबाट साझा उम्मेदवार घोषणा हुने बताएका छन्। १४औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवारमा सहमति गर्न चाक्सिबारीमा बसेको बैठकपछि उनले आफूहरू सहमतिको निकै नजिक पुगेको बताए। उनले बुधबार साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने बताए। 

‘सहमतिको निकै नजिक पुगेका छौँ। सबै कोणबाट छलफल गर्यौं। भोलि साँझसम्म निर्णयमा पुग्छौँ। भोलि साँझसम्म साझा उम्मेदवार तय गर्छौँ,’ बैठकपछि पौडेलले भने। पौडेल समूहबाट पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन्। 

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६