अर्थ-वाणिज्य

खेलाडी भएको नाताले पनि हार वा जितले आफ्ना लागि कुनै अर्थ नराख्ने:कमल थापा



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा पार्टीको अध्यक्ष पदमा पराजित भएपछि आफू पराजयबाट विचलित नभएको अभिव्यक्ति दिँदै आएका छन्। थापाले आफू एक खेलाडी भएको नाताले पनि हार वा जितले आफ्ना लागि कुनै अर्थ नराख्ने बताउँदै आएका छन्।

थापा भर्खरै सकिएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन्।

यसैबीच, थापाले टिकटकमा ‘एकपटक हार्दैमा यात्रा र गति रोकिन्न’ भन्ने शिर्षक राखेर भिडियो पनि सेयर गरेका छन्। भिडियोमा जंगलको बाटो एक्लै हिँडिरहेको जस्तो देखिएका उनले ‘मेरो यात्रा जारी छ’ भन्ने संदेश दिन खोजेका छन्।

भिडियोको पृष्ठभूमिमा हिन्दी गीत पनि बजिरहेको सुनिन्छ, महेन्द्र कपूरको आवाज रहेको हमराज फिल्मको ‘नीले गगन के तले’।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६