प्रदेश

राप्रपाको बैठकमा कमल थापाअनुपस्थित भन्छन् ,नेतृत्व चयनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप



काठमाडौं, २२ मंसिर । राप्रपाको बुधबार बसेको पहिलो केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा थापा अनुपस्थित भएका हुन्। थापा अनुपस्थित भएकै कारण नेताहरु बस्ने रोमा उनको कुर्सी खाली रहेको थियो ।

थापाका लागि अध्यक्ष राजेन्द्र लिङदेनसँगै कुर्सीको व्यवस्था गरेको थियो । तर निवर्तमान अध्यक्षद्धय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने अध्यक्ष लिङ्देनको दायाँतर्फ बसेका देखिन्छन् ।

थापाका लागि भने लिङदेनको बायाँतर्फ कुर्सी राखिएको थियो । कुर्सीलाई खाली नै राखेर उपाध्यक्ष बुद्धिमान तामाङ बायाँतर्फ बसेका छन् । थापाले महाधिवेशनमा नेतृत्व चयनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिनको माग गर्दै आएका छन् ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६