घोराही २१-मंसिर । घोराही सिमेन्ट उद्योगले घोराहीका २ वटा वडाका विपन्न नागरिकहरुलाई कम्बल वितरण गरेको छ । घोराही उपमहानगरपालिका ४ र वडा नम्बर १९ मा रहेका विपन्न नागरिकहरुलाई चिसोबाट बचाउन कम्बल प्रदान गरिएको उद्योगले जनाएको छ ।
वडा नम्बर ४ मा एक सय र वडा नम्बर १९ मा ५० थान कम्बल वडा कार्यालयमा बुुझाईएको उद्योगका जनसम्पर्क अधिकारी अमर सुुबेदीले जानकारी दिए । सुुवेदी र सरोज बिडारीले दुबै वडा कार्यालयमा पुुगेर कम्बल हस्तान्तरण गरेका हुन् ।उद्योगले यस अघिका बर्षहरुमा पनि जाडो मौसममा विपन्न नागरिकहरुलाई न्यानोका लागि कम्बल प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया