प्रदेश

महामन्त्रीका उम्मेदवार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै




काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

थापाको सचिवालयका अनुसार उनले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा समुन्नत नेपाल सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको हो ।

समुन्नत नेपालस् सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु, थापाले भनेका छन् ।

भोलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६