प्रदेश

राजनैतिक चेतना नै हिंसाविरुद्धको अस्त्र होः सांसद घिमिरे




कपिलवस्तु २३ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले सर्बसाधारण महिला मात्र नभई राजनीतिकर्मी महिला समेत लैङिगक हिंसामा पर्ने गरेको बताउनु भएको छ ।अखिल नेपाल महिला संघको वुधवार जिपुरमा भएको वैठक तथा प्रशिक्षण कार्यक्रममा नेता घिमिरेले यस्तो बताउनु भएको हो । उहाले हिंसा विरुद्ध प्रतिवादमा उत्रने अगुवाई समेत राजनैतिक क्षेत्रका महिलाले नै गर्ने गरेको समेत दावि गर्नु भयो । नेता घिमिरेले ३३ प्रतिशत सहभागिताको विषय नितिगत रुपमै निर्णय गरि लिपिवद्ध रुपमा संविद्यानमा लेख्ने अगुवाई गर्ने पार्टी नेकपा एमालेले गरेको ठोकुवा गर्नु भयो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन थालेको वर्षौ बिते पनि अझै पनि महिलाहरु कुनै न कुनै प्रकारको हिंसा खेप्न बाध्य भएको उहाँले जनाउनु भयो । ।
लैंगिक हिंसा अन्त्यका लागि आफु र आफ्नो परिवार बाटै समान व्यवहार गर्नु पर्ने जनाउनु भयो । कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य डम्मर शर्माले महिलाले घरमा गर्ने श्रमको राष्ट्रिय पुँजीमा गणना हुनु पर्ने जनाउनु भयो ।कार्यक्रममा बोल्दै नेकपा अनेमसंघका केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेश सदस्य शान्ति देवी चमारले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पर्ने जनाउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष बाबुराम खनालले महिलालाई क्षमताका आधारमा विभिन्न अवसरहरु दिएर महिलालाई राष्ट्रपति बनाउने काम समेत नेकपा एमालेले गरेको जनाउनु भयो । अनेमसंघका जिल्ला अध्यक्ष शारदा शर्माले हाल सम्म भएका संघका गतिविधि र आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अनेमसंघका जिल्ला सदस्य पार्वती आचार्यले लैंगिक हिंसाको बारेमा अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । अनेमसंघका जिल्ला सचिव चेतना अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा पार्टी प्रदेश कमिटि सदस्य प्रभा पौडेल, संघका उपाध्यक्ष शुसिला दर्लामी लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६