प्रदेश

माओवादी केन्द्रले प्रदेश पदाधिकारी सङ्ख्या बढाउने



काठमाण्डौ, २३ मंसिर । नेकपा माओवादी केन्द्र ले प्रदेश पदाधिकारीको सङ्ख्या बढाउने भएको छ । आज बिहीवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको सङ्ख्या नौ बनाउने निर्णय गरेको हो ।

प्रदेश पदाधिकारीमा अध्यक्ष एक जना, उपाध्यक्ष तीन जना, सचिव एक जना, सहसचिव तीन जना र कोषाध्यक्ष एक जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

त्यस्तै बैठकले अहिले कायम रहेका केन्द्रीय कमिटी सदस्यहरूलाई मङ्सिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता महराले भन्नुभयो, ‘केन्द्रीय सदस्यहरू स्व–इच्छाले कोही तल प्रदेशमा जान चाहन्छन् भने उनको इच्छाको कुरा भयो । तर सकेसम्म हाम्रो तर्फबाट केन्द्रीय सदस्यहरू तल जानका लागि बल नगर्ने ।’

त्यस्तै बैठकले प्रदेश कमिटीको सदस्य सङ्ख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा दुई सय ५९, प्रदेश नम्बर २ मा दुई सय ७१, वाग्मती प्रदेशमा दुई सय ७५, गण्डकी प्रदेशमा दुई सय २९, लुम्बिनी प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा दुई सय ११ र सुदूरपश्चिम प्रदेशमा दुई सय २३ जनाको कमिटी बनाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

आजको बैठकले माओवादी पार्टी प्रवेश गर्नेहरूको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको तीन सदस्यीय कार्यदल बनाएको छ । यस्तै महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अरू सदस्य पछि थप्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६