प्रदेश

सर्वोच्चमा भइरहेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा होः एमाले



काठमाडौं, २३ मंसिर। नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा भएको टिप्पणी गरेका छन् । विहिबार (आज) आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका हुन् ।

‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ नेता ज्ञवालीले भने, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला।’

यस्तै उनले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गर्दै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताए । ‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो’, ज्ञवालीको भनाइ छ । उनले अदालतभित्रको विवाद न्ययाधीशबीचका दुई गुटको झगडा जस्तो भएको टिप्पणी गरे ।

उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दावी समेत गरे ।

उनले न्यायलयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएको बताए । उनले एकजना व्यक्ति हटाएर र अर्कोलाई राखेर न्यायलयमा सुधार नहुने भन्दै साउन २८ को सर्वोच्चको फैसला नै विवादको जड भएको बताए । यस्तै नेता ज्ञवालीले आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद बैठक अहिलेकै अवस्थामा चल्न नसक्ने बताए ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६