अर्थ-वाणिज्य

विद्यार्थी बोकेर पिकनिक जाँदै गरेको जीप दुर्घटना दुर्घटना हुँदा तीन जनाको मृत्यु



लमजुङ मंसिर २३ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप आज बिहीवार गोया खोल्सामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । गणेश माध्यमिक विद्यालय सिमपानीका जीप र विद्यार्थी बोकेर पिकनिक जाँदै गरेको जीप दुर्घटना परेको हो ।

दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका-८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका(९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ, र त्यही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।उहाँका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई चितवन पठाइएको र ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।साँघुरो बाटो र जीप पछाडि गर्न खोज्दा दुर्घटना भएको हो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६